logo

इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

    959   पटक पढिएको

३१ असार/अर्थ र व्यापार – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले दुई सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बिष्णुहरि पाण्डेले एकसय ४६ मतमात्र प्राप्त गरेका थिए ।
सो निर्वाचनमा अध्यक्षकालागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । पूर्वउपाध्यक्ष भट्टराई र पूर्वअध्यक्ष पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका थिए । भने अध्यक्षका अर्का प्रतिस्पर्धी कृष्णहरि केसीले २१ मत र देवीदास भट्टराईले ११ मत प्राप्त गरेको इक्यान निर्वाचन समितिले जनाएको छ ।

पुसमा अधिवेशन गरेको इक्यानको १८ सदस्यीय कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियो । उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण) २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी (गिताञ्जली) १५९ मतसहित विजयी भएका छन । ३ उपाध्यक्षका लागि १० जनाले मनोनयन दिएका थिए ।
महासचिवमा भट्टराई समूहकै दिपकराज भुसाल २ सय ५५ मतसहित विजयी भएका छन् । अधिकांश पदाधिकारीसहित सदस्यमा पनि उनकै समूहका चुनिएका हुन् ।
सचिवमा भवनाथ हुमगाईं २६० र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा आशिका कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल चयन भएका छन । उनीहरुले क्रमशः २०८ र २१६ मत प्राप्त गरेका हुन ।
सदस्यमा सर्वाधिक ३०१ मतसहित सुरज सिलवाल विजयी भएका छन । अन्य सदस्यहरुमा साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् । ९ सदस्यका लागि १९ जना प्रतिस्पर्धामा थिए । सो निर्वाचनकालागि इक्यानमा आबद्ध ४ सय ६७ जना मतदाता थिए ।

१८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन परेको थियो । नवनिर्वाचित यस कार्यसमितिको कार्यकल दुईवर्षे हुने छ । नवनिर्वाचित अध्यक्ष शेषराज भट्टराइले अब आफु सबै व्यवसायीलाई एकजुट गराएर अघि बढ्ने बताए । वैदेशिक अध्यक्षमा जाने विद्यार्थी अभिभावकलाई परामर्श दिने काम इक्यानमा आबद्ध परामर्शता संस्थाहरुले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।