logo

अजोड र यूनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार २१ जेठबाट

    994   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ । सो कम्पनीहरुको कारोबार अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट हुनेछ ।
चार महिना अघि गत २६ पुसमा मर्जरमा सहमती गरेका यी कम्पनीहरुले एकीकृत कारोबारको लागि भने लामो समय खर्चेका छन् । यसअघि पनि अजोड र प्रभु इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सहमति गरे पनि अन्तिममा अजोड इन्स्योरेन्सले डीमर्जरको घोषणा गरेको थियो ।
अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाँदा आफूले सीईओ नपाएको भन्दै मर्जर तोडेको थियो । तर, अहिले अजोड र यूनाईटेड इन्स्योरेन्स मर्जरमा जाने सहमती भएपछि भने अजोडले सीईओ पाउने सम्भावना टरेको छ ।
अजोड इन्स्योरेन्सका वर्तमान सीईओ कुमारबहादुर खत्रीले भने, अहिले यूनाईटेड इन्स्योरेन्सले नै दुवै सीईओ र संचालक समिति अध्यक्षको जिम्मेवारी लिने किसिमले सहमती भएको छ । सो सहमती अनुसार चाँडै नै हाम्रो एकीकृत कारोबार तय भएको हो । तर, सीईओ खत्रीले आफूले सीईओ पाउनका लागि जर्बजस्ती गर्दै आएको कुरा भने गलत साबित भएको बताए ।
सीईओ खत्रीले थपे, ’तपाईरुले मैले सीईओ नै चाहिन्छ भनेर मरिहत्ते गरेको सुन्नु भएको छ भने त्यो त गलत हो ।’ दुई कम्पनीले १०० बराबर ९० को अनुपातमा मर्जर जाने सहमति गरेका हुन् । अहिले युनाइटेडको चुक्ता पुँजी एक अर्ब २ करोड रुपियाँ छ भने अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपियाँ छ ।
हाल यूनाईटेड इन्स्योरेन्सको बरिष्ठ डीसीईओमा नविन सुवेदी रहेका छन् । नयाँ बन्ने कम्पनीमाको सीईओ कस्लाई बनाउने भन्ने छलफल भइरहे पनि टुंगो लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।