logo

‘डिजी पे’ ले गर्यो फ्रेन्चाइजी व्यवसायीसँग सहकार्य, मासिक ५ लाखसम्म कमाउने अवसर

    817   पटक पढिएको


१६ बैशाख/अर्थ र व्यापार – मोबाइल वालेट सेवा प्रदायक कम्पनी ‘डिजी पे’ प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरु सँग सहकार्य गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमति प्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ले राजधानीमा पत्रकार सम्मेलन गरी विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरुसँग आफुले सहकार्य गरेको जानकारी दिएको हो ।
‘डिजी पे’ स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रेन्चाइजीको सहकार्य गरेको र थप विस्तारका लागि अन्य फ्रेन्चाइजीहरु समेत आह्वान गरिरहेको सो कम्पनीले जानकारी गराएको छ ।
‘डिजी पे’का अध्यक्ष दिवाकरबहादुर पाण्डेले फ्रेन्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु रहेको भन्दै जसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको बताए ।
उनले यस योजना अन्र्तगत फ्रेन्चाइजीहरूले ‘डिजी पे’ सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको टार्गेट पूरा भएको अवस्थामा प्रतिमहिना ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने बताए।
अब ‘डिजी पे’ मा व्यवसायीले न्यूनतम लगानी गरी एकवर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुनसक्ने छन । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने सो कम्पनीले जनाएको छ ।
‘डिजी पे’ ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवद्र्धनका लागि फ्रेन्चाइजीको अवधारणा लिएर आएको बताएको छ । डिजी पे मा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचार प्रसारबाट उच्च मुनाफा आर्जन गर्न सक्ने सो कम्पनीले जनाएको छ।
यसमा आबद्ध हुँदा पाँचसय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, यसैगरि, न्युज टेलिभिजन च्यानल एबिसि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८२५ रुपैयाँको दुईवटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, डेलिभरी पार्टनर एजी क्यारिअरबाट एकै दिनमा पिकअप एन्ड ड्रप तथा अन्य सेवाहरु पाउन सकिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।