logo

‘डिजी पे’ ले गर्यो फ्रेन्चाइजी व्यवसायीसँग सहकार्य, मासिक ५ लाखसम्म कमाउने अवसर

    1132   पटक पढिएको


१६ बैशाख/अर्थ र व्यापार – मोबाइल वालेट सेवा प्रदायक कम्पनी ‘डिजी पे’ प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरु सँग सहकार्य गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमति प्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ले राजधानीमा पत्रकार सम्मेलन गरी विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरुसँग आफुले सहकार्य गरेको जानकारी दिएको हो ।
‘डिजी पे’ स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रेन्चाइजीको सहकार्य गरेको र थप विस्तारका लागि अन्य फ्रेन्चाइजीहरु समेत आह्वान गरिरहेको सो कम्पनीले जानकारी गराएको छ ।
‘डिजी पे’का अध्यक्ष दिवाकरबहादुर पाण्डेले फ्रेन्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु रहेको भन्दै जसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको बताए ।
उनले यस योजना अन्र्तगत फ्रेन्चाइजीहरूले ‘डिजी पे’ सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको टार्गेट पूरा भएको अवस्थामा प्रतिमहिना ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने बताए।
अब ‘डिजी पे’ मा व्यवसायीले न्यूनतम लगानी गरी एकवर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुनसक्ने छन । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने सो कम्पनीले जनाएको छ ।
‘डिजी पे’ ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवद्र्धनका लागि फ्रेन्चाइजीको अवधारणा लिएर आएको बताएको छ । डिजी पे मा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचार प्रसारबाट उच्च मुनाफा आर्जन गर्न सक्ने सो कम्पनीले जनाएको छ।
यसमा आबद्ध हुँदा पाँचसय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, यसैगरि, न्युज टेलिभिजन च्यानल एबिसि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८२५ रुपैयाँको दुईवटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, डेलिभरी पार्टनर एजी क्यारिअरबाट एकै दिनमा पिकअप एन्ड ड्रप तथा अन्य सेवाहरु पाउन सकिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।