logo

अमेरिकी राजदूतद्धारा ग्रोबाईडेटाको नयाँं शाखा उदघाटन

    1062   पटक पढिएको


१३ वैशाख/अर्थ र व्यापार – नेपालकालागि अमेरिकी राजदूत डीनआर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोवाईडेटा नामक संस्थाको नयाँं शाखाको उदघाटन गरेका छन् ।
बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाईडेटाको नयाँं शाखाको सानेपामा एक भव्य समारोहवीच उदघाटन गरिएको हो ।

नयाँ शाखा उद्घाटन कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुंगेलले ग्राहकहरुको बृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए । उनले नयाँ भवन विश्वसनीयता बृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवद्र्धन गर्न डिजाइन गरिएको जानकारि दिए ।
‘हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स साझेदार बन्ने आकांक्षा राख्छौं’ ढुंगेलले भने, उनले यसले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउन समर्थन गर्न सहयोग प्रदान गर्ने अपेक्षा गरिएको बताए ।

ग्रोवाईडेटाको नयाँ कार्यालयको उदघाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तरदृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
सन् २०१४ मा ग्रोवाईडेटा नक्सलमा एक कोठाको साझा कार्यालय स्थानबाट भएको थियो । ६ जना सदस्यहरूको टोलीसँग सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडौ कार्यालयहरूबाट काम गर्ने १०० भन्दा बढीको संलग्नता रहेको कार्यक्रममा बताइयो ।
‘हामीले २०१४ मा केवल एक ग्राहकलाई सेवा दिन थालेका थियौं र अब आधा दर्जन एजेन्सीहरूमार्फत एकसय भन्दा बढी ब्रान्डहरूसँग सहकार्य गर्दैछौं’ कार्यक्रममा संस्थाको अपरेशनका उपाध्यक्ष सुबिन श्रेष्ठले भने ।

उनले स्थानीय समुदायलाई सहयोग गर्न धेरै सीएसआर कार्यक्रमहरूसँगै अमेरिका र नेपाल दुवै अर्थतन्त्रमा योगदान दिन पाउँदा आफुलाई निकै हर्ष लागेको बताए ।
२०१४ मा स्थापित ग्रोवाईडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवद्र्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताहरूको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ । यस फर्मले सफलतापूर्वक विश्वव्यापी विज्ञापन एजेन्सीहरू र उनीहरूको घरेलु ब्रान्डबाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।