logo

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठदेखि

    902   पटक पढिएको


५ वैशाख/अर्थ र व्यापार – अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट सुरु हुने भएको छ । एकीकृत कारोबार थाल्ने मिति तय गर्न दुवै कम्पनीका सञ्चालकहरुबीच छलफल भएको छ ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले मिति टुंगो गर्न छलफल भएको जानकारी दिए । विशेष साधारणसभा आगामी २५ वैशाखमा गरिने भएको छ । उनले सभा गरेपछि एकीकृत कारोबार थाल्ने मिति टुंगो हुने बताए ।

मर्जरका लागि दुवै कम्पनीको एक्चुअरी भ्यालुएसन र डीडीए लगायतका सबै काम भइसकेको बताउँदै उनले भने, ‘अब कम्पनी रजिष्ट्रार, धितोपत्र बोर्डहरुमा काम बाँकी रहेकाले एकीकृत कारोबारका लागि मिति केही पछाडि सारिएको हो । ’
मर्जरपछि अजोड युनाइटेड कम्पनीको नामबाट एकीकृत कारोबार गरिने भएको छ । नयाँ कम्पनीमा अध्यक्ष अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा युनाइटेड इन्स्योरेन्सबाट हुने समझदारी छ ।

यी दुई कम्पनी स्वाप रेसियो १ बराबर ८२.५ को अनुपातमा मर्ज भएका हुन् । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो।
मर्जरपछि पनि यी दुई कम्पनीको चुक्ता पुँजी भने प्राधिकरणले तोकेको भन्दा करिब ६० करोड कम हुनेछ । गत २७ पुसमा यी दुई कम्पहनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्र र गत १६ चैतमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस अघि अजोडले प्रभु इन्स्योरेन्सगँ मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। तर एकिकृत कारोबार गर्ने तयारी गरिरहेको यी दुई कम्पनीको अन्तिम चरणमा मर्जर तोडिएको थियो। त्यसलगतै अजोडले चुक्ता पुँजी वृद्धि गर्न युनाइटेड सगँ मर्जर प्रक्रिया अघि बढाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।