logo

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठदेखि

    1178   पटक पढिएको


५ वैशाख/अर्थ र व्यापार – अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट सुरु हुने भएको छ । एकीकृत कारोबार थाल्ने मिति तय गर्न दुवै कम्पनीका सञ्चालकहरुबीच छलफल भएको छ ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले मिति टुंगो गर्न छलफल भएको जानकारी दिए । विशेष साधारणसभा आगामी २५ वैशाखमा गरिने भएको छ । उनले सभा गरेपछि एकीकृत कारोबार थाल्ने मिति टुंगो हुने बताए ।

मर्जरका लागि दुवै कम्पनीको एक्चुअरी भ्यालुएसन र डीडीए लगायतका सबै काम भइसकेको बताउँदै उनले भने, ‘अब कम्पनी रजिष्ट्रार, धितोपत्र बोर्डहरुमा काम बाँकी रहेकाले एकीकृत कारोबारका लागि मिति केही पछाडि सारिएको हो । ’
मर्जरपछि अजोड युनाइटेड कम्पनीको नामबाट एकीकृत कारोबार गरिने भएको छ । नयाँ कम्पनीमा अध्यक्ष अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा युनाइटेड इन्स्योरेन्सबाट हुने समझदारी छ ।

यी दुई कम्पनी स्वाप रेसियो १ बराबर ८२.५ को अनुपातमा मर्ज भएका हुन् । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो।
मर्जरपछि पनि यी दुई कम्पनीको चुक्ता पुँजी भने प्राधिकरणले तोकेको भन्दा करिब ६० करोड कम हुनेछ । गत २७ पुसमा यी दुई कम्पहनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्र र गत १६ चैतमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस अघि अजोडले प्रभु इन्स्योरेन्सगँ मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। तर एकिकृत कारोबार गर्ने तयारी गरिरहेको यी दुई कम्पनीको अन्तिम चरणमा मर्जर तोडिएको थियो। त्यसलगतै अजोडले चुक्ता पुँजी वृद्धि गर्न युनाइटेड सगँ मर्जर प्रक्रिया अघि बढाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।