logo

संचालनमा आयो आइएमईको दोस्रो केवलकार ‘मौलाकालिका केवलकार’

    1141   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – नवलपरासिको गैडाकोटस्थित आइएमई समूहको दोस्रो केवलकार सञ्चालनमा आएको छ। एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्माण गरिएको यस केवलकार नयाँ वर्ष २०८० को पारेर शुक्रबारदेखि व्यवसायिक रुपमा संचालनमा ल्याइएको हो ।
आइएमई समूहको पहिलो केवलकार परियोजना काठमाडौको चन्द्रागिरि हो । चन्द्रागिरिपछि आइएमई समूहले आफ्नो दास्रो परियोजनाका रुपमा यो केवलकार सञ्चालनमा ल्याएको हो । आइएमई समूहले यो केवलकार १३ महिनामा तयार पारेर संचालनमा ल्याएको बताएको छ ।
केवलकार व्यवस्थापन विभाग प्रमुख अभिषेक विक्रम शाहले निर्माण सुरु भएको १३ महिनामा केवलकार संचालनमा ल्याउन सफल भएको जिकिर गर्दै दृढ ईच्छाशक्ति भए असम्भवलाई सम्भव बनाउन सकिने बताए।
‘केवलकार जस्तो परयोजना १३ महिनामा निर्माण सकेर सञ्चालनमा आएको सो समुहले जनाएको छ । यसले पूर्वाधार निर्माणको माइलस्टोन नै बनाएको मान्नुपर्छ । यो केबलकारका लागि टावर बनाउन सामुदायिक वन र मौलाकालिका धार्मिक वनसमेत कुल २.८२ हेक्टर जग्गा प्रयोग गर्नुपर्ने थियो। यो समूहले वनको जग्गा प्रयोगलाई पनि फाष्ट ट्रयाकमा अघि बढाउन सफल भयो।
दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला छन्। धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रलाई लक्षित गरेर यो केवलकार स्थापना गरिएको हो।
सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहेको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई हेरेर केवलकार निर्माण गरिएको हो।
गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरेर बटम स्टेशन राखिएको छ । केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिने छ। हाल केबलकारले दुईतर्फी मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २७५ रुपैयाँ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।
यसैगरि, आइएमई समूहले निर्माण गरिरहेको बुटवलदेखि पाल्पासम्मको तेस्रो केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार कम्पनीमा आइएमई समूहसँगै शर्मा एण्ड कम्पनीका रमेश शर्मा, अम्बिकाप्रसाद पौडेल, चन्द्रागिरि हिल्स र हाथवे इन्भेष्टमेन्ट लगायतको लगानी छ ।
केबलकारको बटम स्टेशन बुटवल–३ बमघाटमा रहनेछ भने टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर डाँडामा रहनेछ । त्यही टप स्टेशनमा पाँचतारे होटल रहनेछ। चन्द्रागिरिमा जस्तै सुविधासम्पन्न होटल पाल्पाको केबलकारमा निर्माण गरिनेछ।
यो केबलकारको टप स्टेशन र होटल रहने जग्गा कम्पनीको आफ्नै हो । बटम स्टेशन र केबलकार रहने स्थान भने सार्वजनिक जग्गा हो । कम्पनीले चन्द्रागिरि जस्तो सबै वन र सरकारी जग्गा नभएकाले यि केबलकार निर्माणमा भने धेरै अवरोध ब्योहोर्नु नपरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।