logo

नयाँवर्षकै दिन भयो न्युरोड–खिचापोखरीस्थित ‘डिआरएन टावर’ को उद्घाटन

    1073   पटक पढिएको


१ बैशाख/अर्थ र व्यापार – नयाँ वर्ष २०८० सालको पहिलोदिन शुक्रबार काठमाडौको न्युरोड– खिचापोखरीमा निर्मित ‘डिआरएन टावर’ (व्यापारिक भवन) को उद्घाटन गरिएको छ ।
डिआरएन इन्टरनेशनल प्रालिले ३० करोड रुपैयाँ लगानीमा निर्माण गरि नयाँ वर्षकोदिनदेखि संचालनमा ल्याएको यस टावरको उद्घाटन पूर्वमन्त्रि तथा संघिय सांसद कृष्णगोपाल श्रेष्ठ र संघिय सांसद रामहरि खतिवडाले सयुक्त रुपमा गरेका हुन ।
व्यापारिक टावरको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संघिय सांसद कृष्णगोपाल श्रेष्ठले सिंगो देस कोरोना विश्व महामारिको चपेटाले थलिएको अवस्थामापनि दुर्गाबहादुर श्रेष्ठ जस्ता एकजना सफल व्यवसायीले काठमाडौको मुख्य व्यापारिक केन्द्रमा यतिधेरै लगानी गरि यो टावर बनाएर संचालनमा ल्याउनु निकै साहसिक काम भएको बताए ।
यसैगरि, अर्का संघिय सांसद् रामहरि खतिवडाले पनि अहिले देखि चरम आर्थिक संकटमा फसेको अवस्थामा यो ठाउँमा यतिधेरै लगानी गरि नयाँ व्यापारिक भवन बनाएर व्यापारिक चहलपहल बढाउने काम गर्नु एकदमै प्रसंसनिय काम भएको बताए ।
यस टावरका लगानीकर्ता एवं डिआरएन इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले आफ्नो व्यवसाय विस्तारको क्रममा अहिले काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड– खिचापोखरीमा यो व्यापारिक टावर निर्माण गरि संचालनमा ल्याएको बताए ।
हिमालयन सिमापार व्यापार संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले आफुले व्यवसायिक क्षेत्रमा करिब चारदशक भन्दाबढी अनुभव हासिल गरेको आधारमा अहिले यस नयाँ टावर निर्माणगरि संचालनमा ल्याउन सफलता मिलेको बताए ।
श्रेष्ठको ८ तलाको यस डिआरएन टावरको हरेक तलामा १२३ स्क्वायर फिटदेखि ११ सय स्वायर फिट सम्मका अफिस तथा व्यवसायिक पसलहरु संचालन गर्न सकिने छ । विभिन्न देशका व्यापारिक कम्प्लेक्सहरुको अध्ययन र अनुसन्धान गरी यो टावर निर्माण गरिएको उनले बताए ।
भुकम्प प्रतिरोधी प्रविधिप्रयोग गरी निर्माण गरिएको यस टावरमा अत्याधुनिक डिजिटल लाईटिङ सिस्टम जडान गरिएको उनले बताए । श्रेष्ठले यस टावरमा २४ सै घण्टा सुरक्षाको व्यवस्था गरिएको र सीसीटिभी क्यामेराहरु समेत जडान गरि इन्टरनेटको सुविधा, फायर फाईटिङ सिस्टम जडान, लिफ्ट जडान, पावर व्याकअपको सुविधा रहेकाले यहाँ अफिस तथा विभिन्न व्यापारिक गतिविधी संचालन गर्न खोज्नेहरुकालागि निकै उपयुक्त ठाउँ भएको बताए ।
उनले यस टावर विभिन्न व्यापारिक तथा प्रशासनिक कार्यालय, कर्पोरेट अफिस, ब्राण्डेड सो रुमहरु, बैंक तथा वित्तीय संस्थाहरु फाइनान्स, सहकारी र रेस्टुरेन्ट लगायतका लागि निकै उपयोगी रहेको दाबी गरे ।
यसअघि काठमाडौको महाबौद्धको डिआरएन टावरमा आफ्नो अफिस राखेर आफ्नो व्यवसाय गरिरहेको डिआरएन इन्टरनेशन प्रालिले यस टावरसँगै काठमाडौको ठमेल, र बानेश्वरमा पनि यस्तै व्यापारिक कम्प्लेक्स निर्माण गरि सन्चालनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको यस कम्पनीको डिआरएन ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु बजारमा उपलब्ध छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।