logo

सूर्य नेपाल सेन्ट्रल ओपन सुरू

    1025   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।

भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्षस्थानना रहन सफल भएका हुन्। ६–अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन्। जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले ४–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन्।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा १–अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे। प्रोफेसनलद्वय सञ्जय लामा र बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडेका छन्।

उनीहरूले पहिलो दिन समान इभन–पार ७२ खेले। शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १–ओभर ७३ सहित संयुक्तरुपमा नवौ स्थानमा रहेका छन्।
तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजङ्ग रायमाझी र युवराज भुजेल २–ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे।
भारतीय गल्फ टुर समेत खेलिरहेका शुक्रले पहिलो दिन ७–अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। ४–पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको सुरुवात गरे। तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।
भुवनले फ्रन्ट नाइनमा ६–अन्डर ३० खेल्दै सानदार सुरुवात गरे। पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए भने ५–पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए।
जयरामले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २–अन्डर ३४ मा नै पुरा गरे।
चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउदै फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। यसपछि ११औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १२औ र १५ औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा पुरा गरे।
एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश इभन–पार ७२ को सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। क्याप्टेन नोर्बु १–ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन्।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।
यसैगरी, चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।