logo

जगदम्बा स्टील्सको शंकरलाल गोल्डमेडल अवार्डद्वारा बस्नेत पुरस्कृत

    1036   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिकउत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानको ५७औं वार्षिक उत्सवको अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको सो पुरस्कारमा पदक,प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ रहेको छ ।
कार्यक्रमा उपस्थित त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो.शशिधर रामजोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका अपरेसिङ एन्ड मार्केटिङ प्रमुख जेएल प्रकाशले बस्नेतलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
यो अवार्डको नामनेपालकाप्रख्यातउद्यमीतथाजगदम्बास्टिल्स लिमिटेडका संस्थापकश्री शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन १९८० को दशकबाट उद्यमशीलताको यात्राशुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथैपरोपकारीकार्यको लागि पनि उत्तिकै परिचित छन्। जगदम्बास्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थी लाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।
जगदम्बा स्टिल्स लिमिटेडले बस्नेतलाई उनको सफलताको लागिबधाई र उनको आगामी कार्यहरुको लागि शुभकामना व्यक्त गरेको जनाएको छ । यसका साथै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमता महसुस गर्ने अवसर प्रदान गरेकोमा थापाथली क्याम्पसलाई बधाई ज्ञापन गरिएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।