logo

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

    822   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
काठमाडौको तीनकुनेस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ ।

सो साधारण सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय बृद्धिसँगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताइन ।

यसैगरि, उनले कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरm सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन् ।

सो वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरिएको सो इन्स्योरेन्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।