logo

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउने, प्रति कित्ता मूल्य २५०.५५ रुपैयाँ

    802   पटक पढिएको


१८ फागुन/अर्थ र व्यपार – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।
बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा १५०.५५ रुपैयाँ प्रिमियम थप गरि २५०.५५ रुपैयाँका दरले आइपीओ निष्कासन गर्ने भएको हो।
बोर्डबाट निष्कासन तथा बिक्रीको अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा २ अर्ब ४० करोड ५२ लाख ८० हजार बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री गर्ने छ।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ रहेको छ। सन नेपालसँगै बोर्डमा प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीको संख्या ६ पुगेको छ ।
यसअघि सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, घोराही सिमेन्ट र माण्डू हाइड्रोपावर कम्पनीले प्रिमियममा आइपीओ ल्याउन आवेदन दिइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।