logo

एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु

    751   पटक पढिएको


२६ माघ/अर्थ र व्यापार – साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ । काठमाडौंको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा बिहीबारदेखि सुरु भएको प्रर्दशनीको उद्घाटन पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका हुन् ।
शुक्रबारसम्म चल्ने दुईदिने प्रदर्शनीमा १७ वटा कलेज र स्कुलहरु सहभागी भएका छन । साउथवेस्टन स्टेट कलेजको आयोजनामा सुरु भएको यस विज्ञान प्रदर्शनीमा साउथवेस्टन स्टेट कलेजका विद्यार्थीहरुको १५ वटा स्टल र अन्य विभिन्न कलेज र स्कुलहरुको विद्यार्थीका गरि ७० वटा प्रदर्शनी स्टल रहेका छन ।
यसैगरि, यस प्रदर्शनीमा बैंक, वित्तीय संस्था, सूचनाप्रविधी सम्बन्धी लगायत विभिन्न कर्पोरेट क्षेत्रको तर्फबाट ८ वटा स्टल रहेका छन । काठमाडौको ग्राण्डी इन्टरनेस्नल अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको तर्फबाट निशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम सञ्चालन भईरहेको छ । यस प्रदर्शनी अवलोकन गर्नकालागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म प्रवेश गर्न सकिने व्यवस्था मिलाईएको साउथवेस्टन स्टेट कलेजकी कार्यक्रम संयोजक शरिता शाक्य प्रधानले जानकारि गराइन ।
प्रदर्शनीको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको वैज्ञानिक युगमा यस्ता प्रदर्शनीको महत्व हुने भन्दै यो प्रदर्शनी निकै उपलब्धीमुलक र फलदायी हुने अपेक्षा गरिएको बताए । अहिलेका विद्यार्थीलाई विज्ञान र व्यवस्थापनको व्यवसायीक ज्ञान दिन यो प्रदर्शनी फलदायी हुने भन्दै उनले जबसम्म बोल्ने लेख्ने स्वतन्त्रता हुँदैन् तवसम्म शिक्षा स्वास्थ्यमा विकास नहुने बताए । उनले हाल शिक्षा प्रणालीमा देखिएका विकृतिलाई सुधार गर्दै जीवनउपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए ।
‘सम्मानजनक शिक्षा स्वास्थ्य रोजगारी हुनुपर्यो । अहिलेको विश्वको औषत अधिकार हामीले प्राप्त गर्न पाउनु पर्यो । यो देशमा समस्या छन् । अनेक समस्या समाधान गर्न अबका युवाहरु लाग्नुपर्छ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘शिक्षा प्रणालीमा जुन विकृति छ, त्यसलाई सुधारेर जीवन उपयोगी शिक्षा दिनुपर्छ ।’
तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले उच्च शिक्षाका लागि विद्याथीलाई विदेश लाने भन्दा पनि विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने बताए । सोही अनुसार हाल तारकेश्वर नगरपालिकाले शिक्षा व्यवस्था प्रणाली सुधार एवं पाठ्यक्रम शिक्षामा लगानी गरिरहेको बताए । उनले अबको शिक्षा विज्ञान र प्रविधीमा आधारित हुन सकेमा मात्र उनीहरुको जीवन सहज हुने भएकाले आफुहरुले गुणस्तरीय शिक्षा अभियानमा जोड दिएको बताए ।
टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईंले संस्थागत र सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले विद्यालयप्रतिको सोचलाई परिवर्तन गर्दै २१ औं शताब्दीको परिर्वतनकारी शिक्षा दिनुपर्ने बताउँदै परिवर्तकारी शिक्षाले नै सम्पूर्ण कुराको विकास हुने दावी गरे ।
साउथवेस्टन स्टेट कलेजका प्रमुख डा.राजेन्द्र केसीले अहिलेको आवस्यक्ता अनुकुल विद्यार्थीलाई रचनात्मक र व्यवसायीक ज्ञान दिन यो कार्यक्रम आयोजना गरिएको बताए । अहिलेसम्म आफूहरु फस्ट हुने मोडल शिक्षामा लागको बताउँदै उनले फस्ट हुने मोडलले नै देशलाई अघि बढाउने धारणा राखे । उनले जसले व्यावहारिक शिक्षा आर्जन गर्छ र निरन्तर धैर्यताका साथ अघि बढ्छ उसले नै जीवनमा सफलता प्राप्त गर्ने दावी गरे ।
यसैगरि, साउथवेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले विभिन्न कलेजका विद्यार्थीहरुलाई एकठाउँमा जम्मा गराएर यसरी आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीहरुमाझ अतिरिक्त ज्ञान र प्रतिभाको प्रदर्शन हुनुकासाथै समुहीक कार्य क्षमता बृद्धि हुने र थप प्राविधिक ज्ञान हाँसिल गर्ने राम्रो मौका प्राप्त हुने बताए । उनले अहिलेको आवस्यक्ता अनुसार शिक्षा नीति बनाउने निर्माणकर्ता र स्थानीय तहका विभिन्न निकायका प्रतिनिधीहरुलाई यसरी स्थलगत अवलोकनमा सहभागी गराउन यस कलेजले विगतका वर्षहरुमा पनि यस्तो प्रदर्शनी गर्दै आईरहेको जानकारि गराए ।
उनले यस प्रदर्शनीस्थलमा रक्तदान, निः शूल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, दन्त परीक्षण, रोबोटिक प्रतियोगिता, सोलार अब्जर्भेशन, विज्ञान परियोजना प्रस्तुतीकरण, सांगीतिक कार्यक्रम, प्रहसन लगायतका कार्यक्रम रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।