logo

मेटलाइफको विशेष नयाँ बीमा योजना, मध्यावधिमै ४० प्रतिशत रकम पाइने

दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा

    898   पटक पढिएको

 १८ माघ/अर्थ र व्यापार – मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ । मेटलाइफले ग्राहकहरूको लागि मध्यावधि फाइदाहरु सहितको नयाँ एन्टिसिपेटेड एन्डोमेन्ट जीवन बीमा योजना संचालनमा ल्याएको हो ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको हो ।
सो कम्पनीको अनुसार यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् । र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १०० प्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् ।
यस योजनाको मध्यावधिपछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले धेरै उत्साहका साथ ग्राहकहरूका लागि नयाँ विशेषता सहितको बीमा योजना ल्याएका बताए । ‘यस बीमा योजनाबाट ग्राहकहरुले आत्मविश्वासका साथ बाँच्न र सँगसँगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘हाम्रा ग्राहकको आवश्यकतालाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’

मध्यावधि वृद्धि बीमा योजनाको फाइदा यस्तो छ
१ . यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६०% रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ ।
२. मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको १०० प्रतिशत रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् ।
३. यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर(२००%) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिने छैन ।
४. यस बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ ।
५. यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार र अधिकतम बीमाङ्क ५० करोड रुपैयाँ रहेको छ ।
६. बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।
७. अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असतmता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।