logo

आइएमई लाइफ र सूर्या लाइफको नयाँ बोनसदर सार्वजनिक

    1111   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
यि दुबै कम्पनीहरुले आर्थिक वर्ष २०७८ /७९ को लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले सो आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृति भएपछि मुनाफामा सरिक हुने गरी (बोनस दिनेगरी) जारी भएका बीमालेखहरुका लागि दिईने नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।
आइएमई लाइफले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।
सो कम्पनीको सावधिक तथा सामुहिक जीवन बीमालेखमा न्युनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक ÷अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३२ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँदेखि ६३ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तर्गतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
आव २०७८ ÷०७९ को आर्थिक लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ११ गते स्वीकृत भएसँगै सूर्या लाइफले मनाफामा सरिक हुने गरी(बोनसदर दिनेगरी) जारी भएका बीमालेखहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
सूर्या लाइफका बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।
बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर पाउँनेछन् ।
सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म बोनसदर पाउँनेछन् ।
उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने सो कम्पनीहरुले जनाएको छ ।
यसैगरि, बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्विकृत नभएसम्मको लागि कम्पनीहरुले भुक्तानी गर्ने दाबीहरुमा समेत यही बोनसदर कायम हुने यि कम्पनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।