logo

आइएमई लाइफ र सूर्या लाइफको नयाँ बोनसदर सार्वजनिक

    686   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
यि दुबै कम्पनीहरुले आर्थिक वर्ष २०७८ /७९ को लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले सो आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृति भएपछि मुनाफामा सरिक हुने गरी (बोनस दिनेगरी) जारी भएका बीमालेखहरुका लागि दिईने नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।
आइएमई लाइफले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।
सो कम्पनीको सावधिक तथा सामुहिक जीवन बीमालेखमा न्युनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक ÷अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३२ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँदेखि ६३ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तर्गतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।
आव २०७८ ÷०७९ को आर्थिक लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ११ गते स्वीकृत भएसँगै सूर्या लाइफले मनाफामा सरिक हुने गरी(बोनसदर दिनेगरी) जारी भएका बीमालेखहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
सूर्या लाइफका बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।
बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर पाउँनेछन् ।
सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म बोनसदर पाउँनेछन् ।
उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने सो कम्पनीहरुले जनाएको छ ।
यसैगरि, बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्विकृत नभएसम्मको लागि कम्पनीहरुले भुक्तानी गर्ने दाबीहरुमा समेत यही बोनसदर कायम हुने यि कम्पनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।