logo

सम्यक डाइग्नोष्टिकको शाखा बुढानिलकण्ठमा पनि

    771   पटक पढिएको


९ माघ/अर्थ र व्यापार – सम्यक डायग्नोस्टिक प्रालीले आफ्नो शाखा बुढानिलकण्ठमा पनि खोलेको छ । सम्यकले सोमबार औपचारिक रुपमा बुढानिलकण्ठमा रहेको शाखाबाट सेवा सुरु गरेको जनाएको हो ।
यो नयाँ शाखाबाट सेवा सुरु भएसँगै सम्यकले आफ्नो सेवा अब जावलाखेल, मध्य बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत गरेर चार ठाउँबाट सेवा दिने भएको हो।
बुढानिलकण्ठमा पहिलो चरणमा नमुना संकलन शाखा स्थापना गरिएको हो । बुढानिलकण्ठको शाखाबाट बिहान रगत, दिसा पिसाबको नमुना संकलन गरेर जावलाखेलको प्रयोगशालामा नै पठाइने र मोबाइल तथा अनलाइन मार्फत रिपोर्ट उपलब्ध गराइने सम्यकका अध्यक्ष डा. केयूर गौतमले जानकारी दिए ।
आम नागरिकको चाहना अनुसार नयाँ शाखामा सेवा थप गर्दै लगिएको जानकारी गराउँदै डा.गौतमले भने, ‘बुढानिलकण्ठ क्षेत्रका मानिसहरुका लागि लक्षित गरेर शाखा विस्तार गरेका हौं र यो क्षेत्रका मानिसहरुले गुणस्तरीय प्रयोगशालाको खोजीमा धेरै टाढा जान नपरोस् भनेर यो नयाँ शाखा खोलेका हौं’ ।
सम्यक डाइग्नोस्टिक अन्तर्राष्ट्रिय मान्यता आइएसओ १५१८९ पाउने नेपालको पहिलो प्याथोलोजी प्रयोगशाला भएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।