logo

शिखर इन्स्योरेन्सले दुई वर्षको साधारणसभा एकैपटक गर्ने

    781   पटक पढिएको


४ माघ/अर्थ र व्यापार – शिखर इन्स्योरेन्स कम्पनीले दुईवटा वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ । कम्पनीले आगामी २५ माघमा केन्द्रीय कार्यालयबाट गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीको ३ माघमा बसेको संचालक समितिको बैठकले १७ औं र १८औं वार्षिक साधारणसभा एकैपटक गर्ने निर्णय गरेको हो । संचालक समितिबाट प्रस्ताव गरिएको गत असार मसान्तसम्मको कायम सेयर पुँजीमा १६ प्रतिशतका दरले हुन आउने ३६ करोड ५७ लाख रुपैयाँको बोनस सेयर पारित गर्ने सो कम्पनीले जनाएको छ ।
बोनस सेयर वितरण गर्दा खण्डित सेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो स्वामित्व कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संशोधन गर्नेछ । यसको अधिकार संचालक समितिलाई दिने प्रस्ताव रहेको छ । साधारण सभाले संचालकहरुको नियुक्तिसम्बन्धी नियमलाई संशोधन गर्ने बताइएको छ ।

संस्थापक सेयरधनीहरुबाट नियुक्त हुने ४ जना,सर्वसाधारण सेयरधनीबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी ७ जना संचालक नियुक्त गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी मर्जरको लागि अन्य कुनै बीमा कम्पनीसँग समझदारी पत्र तर्जुमा गर्ने र अन्य प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने समेत तय भएको बताइएको छ ।
सभामा संचालक समितिबाट प्रस्ताव गरिएको असार मसान्तसम्म कायम सेयर पुँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश एक करोड ९२ लाख ५१ हजार रुपैयाँ पारित गर्ने प्रस्ताव गरेको छ ।
मर्जरको लागि आवश्यक सम्पुर्ण प्रक्रिया अवलम्बन गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ।त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ तथा २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।
कम्पनीको संचालक समितिका सदस्यहरु तथा अन्य समितिको उपसमितिका सदस्यहरुले प्राप्त गर्ने भत्ता तथा सुविधा परिमार्जन गर्ने प्रस्ताव राखेको बताइएको छ । सभा प्रयोजका लागि कम्पनीले आगामी १७ माघदेखि साधारण सभासम्मको लागि बुक क्लोज गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।