logo

‘डिजी पे’मा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

    1068   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार – ‘डिजी पे’मा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन । डिजी पे प्रालि र २१ फस्ट टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको हो । डिजी पे प्रालिले सेवा विस्तार गर्न सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने संस्था २१ फस्ट टेकसँग सहकार्य गर्ने सम्झौता गरेको हो।
सम्झौतापत्रमा २१ फस्ट टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायमा आबद्ध योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने व्यावसायीले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन्।
२१ फस्ट टेक प्रालिको सौजन्य ३० हजार पर्ने प्रिमियम प्याकेज मात्र १५ हजार रुपैयाँमा गर्न सक्ने सो कम्पनीले जनाएको छ । यसैगरि, वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकताअनुसार, ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्ने सो कम्पनीले जनाएको छ ।
२१ फस्ट टेक प्रालिका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालले यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताइन्।
यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै दाहालले भनिन, ‘ यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने छ ।’
यसैगरि, डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले २१ फस्ट टेकसँग सहकार्य गरी आफ्ना व्यवसायीलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा रहेको जानकारि गराउँदै पाण्डेले यसअन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको बताए । उनले अरु पनि विभिन्न संस्थासँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधाहरु दिने योजना रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।