logo

सामसुङद्वारा इन्स्टिच्युट अफ इन्जिनियरिङमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम

    1138   पटक पढिएको


२९ मंसिर/अर्थ र व्यापार – सामसुङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसुङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ ।
यस कार्यक्रम अन्तर्गत सामसुङले नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक सीपमा तालिम दिइनेछ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउने बताइएको छ ।
सामसुङ इनोभेसन क्याम्पसको उद्घाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसुङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । पुल्चोक क्याम्पसमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो ।
नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, बिग डाटा र कोडिङ एन्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपको मागअनुसार तालिम दिइनेछ ।
यसले भविष्यको प्राविधिक सीपमा युवालाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवालाई वास्तविक जागिरका लागि सीप र माग अनुसारको प्राविधिक सीप प्रदान गरिनेछ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।
सामसुङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने, ‘सामसुङमा, सह–समृद्धि हाम्रो मुख्य मूल्यमध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौं । हाम्रो ग्लोबल सीएसआर कार्यक्रम सामसुङ इनोभेसन क्याम्पसमार्फत, हामीले नेपालका युवाको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं ।’
सामसुङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ । पाठ्यक्रमका लागि छनोट गर्नुपर्ने पूर्वसर्तमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।
‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसाय अगाडि बढाउने प्रयास सामसुङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ । जसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरण उपलब्ध गराएर सशक्त बनाउने हो । राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ । तसर्थ सामसुङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धानमार्फत समाज र व्यक्तिमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ ।’ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीले भने ।
इन्जिनियरिङ इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमको एक भागका रूपमा, विद्यार्थीले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीलाई सामाजिक महत्वका परियोजना प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ ।

२०१९ मा सुरु भएको सामसुङ इनोभेसन क्याम्पस जुन सामसुङको ‘टुगेदर फर टुमोरो !’को ग्लोबल सीएसआर भिजनको हिस्सा हो । मानिसलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवालाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिमा अनुभव गर्न तालिम प्रदान गर्छ ।
सामसुङ आफ्नो सीएसआर पहलमार्फत समुदायलाई सकारात्मक रूपान्तरण गर्न र मानिसका लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ । कम्पनीका अनुसार शिक्षामार्फत युवालाई सशक्तीकरण गर्नु भनेको हामीले हाम्रा युवालाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकामध्ये एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।