logo

बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिदै

    1187   पटक पढिएको

२५ मंसिर/अर्थ र व्यापार – बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।
कम्पनीबाट ऋण लिँदा बीमालेखबाहेक अन्य केही पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रियामा झनझट हुँदैन। जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको आकर्षण बढ्दै गएको देखिन्छ। तर बीमितले सीमित अवधिमा मात्रै बीमालेख धितोमा साक्षी राखी ऋण लिन पाउनेछन्।
आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको बीमालेख धितोकर्जा ३६ प्रतिशतले बढेको छ।
जीवन बीमा कम्पनीहरूले ७३ अर्ब ५२ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्। गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीहरूले ५४ अर्ब २२ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका थिए।
नाफा र बीमालेखका हिसावले सवैभन्दा ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितोमामा पनि पहिलो नै भएको छ। तीन महिनाको अवधिसम्ममा कम्पनीको बीमालेख धितोमा राखि २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लिएका छन्।
गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड रुपैयाँ कर्जा दिएको थियो। गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा २९ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ। एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १९ अर्ब ८९ करोड रुपैयाँ कर्जा लिएका छन्।
नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ८ अर्ब ९७ करोड, एशियन लाइफका बीमितले ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन्। प्राइम लाइफका बीमितले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब १ करोड, सूर्या लाइफका बीमितले २ अर्ब ७ करोड, मेट लाइफका बीमितले १ अर्ब ३१ करोड, गुराँस लाइफका बीमितले १ अर्ब १९ करोड, यूनियन लाइफका बीमितले १ अर्ब १७ करोड रुपैयाँ कर्जा लिएका छन्।
सिटिजन लाइफले बीमालेख धितोमा राखी ३७ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले १८ करोड १४ लाख, ज्योति लाइफले ९२ करोड २३ लाख, रिलायन्स लाइफले ५६ करोड ६१ लाख, आइएमई लाइफले ४२ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
त्यस्तै, सानिमा लाइफबाट २३ करोड ९१ लाख, प्रभु लाइफबाट ४७ करोड २७ लाख र महालक्ष्मी लाइफबाट २३ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।