logo

बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिदै

    914   पटक पढिएको

२५ मंसिर/अर्थ र व्यापार – बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।
कम्पनीबाट ऋण लिँदा बीमालेखबाहेक अन्य केही पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रियामा झनझट हुँदैन। जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको आकर्षण बढ्दै गएको देखिन्छ। तर बीमितले सीमित अवधिमा मात्रै बीमालेख धितोमा साक्षी राखी ऋण लिन पाउनेछन्।
आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको बीमालेख धितोकर्जा ३६ प्रतिशतले बढेको छ।
जीवन बीमा कम्पनीहरूले ७३ अर्ब ५२ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्। गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीहरूले ५४ अर्ब २२ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका थिए।
नाफा र बीमालेखका हिसावले सवैभन्दा ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितोमामा पनि पहिलो नै भएको छ। तीन महिनाको अवधिसम्ममा कम्पनीको बीमालेख धितोमा राखि २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लिएका छन्।
गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड रुपैयाँ कर्जा दिएको थियो। गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा २९ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ। एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १९ अर्ब ८९ करोड रुपैयाँ कर्जा लिएका छन्।
नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ८ अर्ब ९७ करोड, एशियन लाइफका बीमितले ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन्। प्राइम लाइफका बीमितले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब १ करोड, सूर्या लाइफका बीमितले २ अर्ब ७ करोड, मेट लाइफका बीमितले १ अर्ब ३१ करोड, गुराँस लाइफका बीमितले १ अर्ब १९ करोड, यूनियन लाइफका बीमितले १ अर्ब १७ करोड रुपैयाँ कर्जा लिएका छन्।
सिटिजन लाइफले बीमालेख धितोमा राखी ३७ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले १८ करोड १४ लाख, ज्योति लाइफले ९२ करोड २३ लाख, रिलायन्स लाइफले ५६ करोड ६१ लाख, आइएमई लाइफले ४२ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
त्यस्तै, सानिमा लाइफबाट २३ करोड ९१ लाख, प्रभु लाइफबाट ४७ करोड २७ लाख र महालक्ष्मी लाइफबाट २३ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।