logo

नेशनल लाइफको १५ प्रतिशत बोनस पारित

    1021   पटक पढिएको

१८ मंसिर/अर्थ र व्यापार – नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश पारित भएको छ ।  आइतबार सम्पन्न भएको कम्पनीको ३४ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस जारी गर्ने र सो बोनस वापतको कर प्रयोजनको लागि नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको सभाले आ.व. २०७७/७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बराबरले हुन आउने ६० करोड ५२ लाख ७३ हजार ७२३ प्रतिशत बोनस सेयर र बोनस सेयर वापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ । कम्पनीको हालको पारित भएको बोनस सेयर लाभांशबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुगेको छ । बाँकी रहने चुक्ता पुँजी कम्पनीले आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति रहेको जनाएको छ ।
यसैगरी, कम्पनीको आ.व.२०७७/७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरुलाई दिइ आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।
साधारण सभामा अध्यक्षले सिंहले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् ।
कम्पनीको आ.व.२०७७/७८ मा सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सो आर्थिक वर्षमा कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृृद्धि भई १२ अर्ब ५२ करोड ४६ लाख पुगेको छ । यस्तै जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई ४२ अर्ब ०४ करोड पुगेको छ भने कूल लगानी २३.२० प्रतिशतले वृृद्धि भई ३९ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक रहेकोमा आ.व.२०७७/७८ मा ९.६७ प्रतिशत कायम रहेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत रहेको अध्यक्ष सिंहले जानकारी दिइन् ।
सभामा अध्यक्षले विगतमा कोभिड–१९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड–१९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन् ।
नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृृद्धि भएको उनले बताइन् । यस्तै नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने उनको भनाई छ । लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकाले यसबाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने सिंहको भनाई थियो ।
कम्पनीले नेपालगञ्ज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।
यसैगरी कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक–एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न ३ वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।