logo

लगानी विस्तारमा आक्रामक बन्दै १९ जीवन बीमा कम्पनी

    1297   पटक पढिएको


२९ कात्तिक/अर्थ र व्यापार– पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामै करिब ५ खर्बको लगानी गर्न सफल भएकाले उनीहरु आक्रामक देखिएका हुन् ।
बीमा प्राधिकरणका अनुसार १९ कम्पनीहरुले पहिलो त्रैमासमै ४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन गत वर्षको तुलनामा १ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ अर्थात २७.९७ प्रतिशतले बढी हो ।
कम्पनीहरुले गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए । १९ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी लगानी गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा विभिन्न क्षेत्रमा कूल एक खर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
यसैगरि, बढी लगानी गर्नेको दोश्रो सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । कम्पनीले २०७९ साउनदेखि असोजसम्ममा कूल ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड, राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड, एशियन लाइफ इन्स्योरेन्सले ३१ अर्ब ५२ करोड र मेट लाइफ एलिकोले २४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
त्यसैगरी, २० अर्बभन्दा कम र १० अर्बभन्दा बढी लगानी गर्नेको सूचीमा ४ कम्पनी रहेका छन् । प्राइम लाइफले १९ अर्ब ९३ करोड, सूर्या लाइफले १४ अर्ब ८९ करोड, यूनियन लाइफ इन्स्योरेन्सले १३ अर्ब ३८ करोड र गुराँस लाइफले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
गत साउनदेखि असोजसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब ८७ करोड, ज्योति लाइफले ९ अर्ब ५७ करोड, रिलायबल लाइफले ८ अर्ब ८० करोड, आईएमई लाइफले ६ अर्ब ३५ करोड, रिलायन्स लाइफले ६ अर्ब २६ करोड, सन नेपाल लाइफले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
यता प्रभु लाइफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले ५ अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कूल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको लगानी गर्न सफल भएका छन् ।
यी कम्पनीहरुले घर जग्गा, सेयर बजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्र, सूचीकृत कम्पनीको ऋणपत्र, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार, म्युचुअल फण्ड र नागरिक लगानी कोष, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप र अन्य क्षेत्रमा गरी सो मात्राको लगानी गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।