logo

२९ प्रतिशतले घट्यो आइसीएफसी फाइनान्सको खुद नाफा

    848   पटक पढिएको


१५ कात्तिक/अर्थ र व्यापार – चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आइसीएफसी फाइनान्स लिमिटेडको खुद नाफा उल्लेखीय रुपमा घटेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो त्रैमासमा २९ दशमलव ७९ प्रतिशतले कम हो । गत वर्ष पहिलो त्रैमाससम्म ४ करोड ७६ लाखभन्दा बढी नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ३४ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्मचारी खर्चसँगै अन्य खर्चहरू बढ्दा सञ्चालन नाफा घट्द गई खुद नाफामा समेत असर परेको हो ।
गत वर्ष ६ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २७ प्रतिशत कम ४ करोड ९६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ९ करोड ४३ लाखभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार छ भने जगेडा कोष रकम ५४ करोडभन्दा बढी छ । कम्पनीले गत वर्षभन्दा ३ प्रतिशत बढी अर्थात् १८ अर्ब २५ करोड ९३ लाख निक्षेप संकलन गरेको छ भने १ दशमलव २१ प्रतिशत कम अर्थात् १४ अर्ब १३ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ७८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ३१ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ १५६ दशमलव ३२ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।