logo

२९ प्रतिशतले घट्यो आइसीएफसी फाइनान्सको खुद नाफा

    1171   पटक पढिएको


१५ कात्तिक/अर्थ र व्यापार – चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आइसीएफसी फाइनान्स लिमिटेडको खुद नाफा उल्लेखीय रुपमा घटेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो त्रैमासमा २९ दशमलव ७९ प्रतिशतले कम हो । गत वर्ष पहिलो त्रैमाससम्म ४ करोड ७६ लाखभन्दा बढी नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ३४ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्मचारी खर्चसँगै अन्य खर्चहरू बढ्दा सञ्चालन नाफा घट्द गई खुद नाफामा समेत असर परेको हो ।
गत वर्ष ६ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २७ प्रतिशत कम ४ करोड ९६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ९ करोड ४३ लाखभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार छ भने जगेडा कोष रकम ५४ करोडभन्दा बढी छ । कम्पनीले गत वर्षभन्दा ३ प्रतिशत बढी अर्थात् १८ अर्ब २५ करोड ९३ लाख निक्षेप संकलन गरेको छ भने १ दशमलव २१ प्रतिशत कम अर्थात् १४ अर्ब १३ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ७८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ३१ प्रतिशतमा झरेको छ । पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ १५६ दशमलव ३२ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।