logo

युरोपको सबैभन्दा ठूला घरेलु उपकरण ब्रान्ड ‘बोश’ नेपालमा

    915   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ ।
लक्ष्मी ग्रुपअन्तर्गतको इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले आइतबार नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो । अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना होम अप्लायन्सेसको रहेको छ ।
सो कम्पनीले काठमाडौंको कमलादीस्थित आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना गरेको छ । यहाँको स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको सो कम्पनीले जनाएको छ । यो सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू भएको सो कम्पनीको दावी छ ।
नेपाली बजारमा बोश भित्र्याएपछि बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित भएको बताए । सार्क राष्ट्रमा आफूहरुको बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम भएको उनको भनाइ छ ।
प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ । यसबाहेक बजार बढ्दो गतिमा छ । यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन् । यसका हरेक उपकरणहरू उपभोक्ता–केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनीले बताए ।
यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउन बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी रहेको बताए । उनले बोश ब्रान्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको धारणा व्यक्त गरे।
नेपाली बजारमा बोश ब्रान्डका रेफ्रिजिरेटर÷फ्रिज, वासिङ मेसिन र ड्रायर्स, डिसवासर लगायतका उपहरणहरू उपलब्ध छन्।बिएसएच हाउसजिरेट जिएमबिएचले सन् २०२१ मा मात्रै युरो १५.६ बिलियनको कारोबार गरेको थियो। तथ्यांकअनुसार सो वर्ष कम्पनीमा कुल ६२ हजार कर्मचारीहरू कार्यरत थिए ।
कम्पनीको पोर्टफोलियोमा बोश, सिमेन्स, नेफ, ग्यागेनौ लगायत गरी ११ वटा ब्रान्डहरू छन्। बिएसएचले आफ्नो ४० वटा विभिन्न स्थानमा रहेको कारखानाबाट सामग्री उत्पादन गर्दैछ। कम्पनीको उत्पादन ५० भन्दा बढी राष्ट्रमा बिक्री हुँदैछ। बिएसएच बोश ग्रुपअन्तर्गतको कम्पनी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।