logo

१८औँ सूर्य नेपाल ज्याजमाण्डु शुरु

    884   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार – ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याजल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले आज बिहीबारबाट सुरु भएको छ । सो फेस्टिभल आगामी १९ अक्टोबरसम्म चल्ने भएको छ ।
कोभिड–१९ को महामारीकाकारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु–२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहने छ ।ज्याजमाण्डु आयोजकका अनुसार ६ दिनसम्म चल्ने यो ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थितमालपी इन्स्टिच्युटमा कन्सर्ट÷संगीतप्रतियोगिताबाट सुरु हुनेछ ।
ज्याजमाण्डुको बहुप्रतिक्षितज्याजबजार अक्टोबर १५ को दिउँसो आयोजितहुनेछ, जहाँउपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमाअविश्वसनीय संगीतको आनन्दलिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुने सो कम्पनीले जनाएको छ ।
सन् २००२ मापहिलो पटक आयोजनागरिएको ज्याजमाण्डु आजसम्मआउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाई लिन सफलभएको सो कम्पनीले जनाएको छ । ज्याज संगित प्रवद्र्धनको रुपमा शुरु गरिएको सूर्य नेपालज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतिक्षित साँगितिक कार्यक्रमको रुपमा स्थापित भइसकेको सो कम्पनीले जनाएको छ ।
धेरै मानिसहरूलाई संगीतको पहुँचमा पु¥याउन सूर्य नेपाल ज्याजमाण्डुलेनिःशुल्कशोहरु, विद्यालयलक्षित शैक्षिककार्यक्रमहरु तथा कार्यशालाहरू मार्फत सक्रिय रूपमा कार्य गरिरहेको छ । यसले संगीतकार, स्वयंसेवक, पारखी , विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवद्र्धन गर्दै आएको सो कम्पनीले जनाएको छ । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले ज्याज संगित प्रवद्र्धनको निमित्त ज्याजमाण्डु आयोजकहरुसंग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरुलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।