logo

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा दंगाल

    924   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले मंगलबार पद तथा गोपनियताको सपथ गराएका हुन् । पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रममा कम्पनीका सञ्चालक मनोज कुमार खडका, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको समेत उपस्थिति रहेको थियो ।
दंगाल २०७८ साल ५ भदौदेखि सो कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेसँगै अब कम्पनीले थप नयाँ उचाई लिने विश्वास लिईएको सो कम्पनीले जनाएको छ ।
दंगालको अध्यक्षतामा कम्पनीमा ५ सदस्यीय सञ्चालक समिति कायम रहनेछ । कम्पनीको सञ्चालकहरूमा भने धनबहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोज कुमार खड्का र भरतराज कोइराला रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।