logo

निजी गाडी आयातमा लगाईएको प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

    1027   पटक पढिएको

२४ असोज/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ ।
सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको भन्दै १४ वैशाखदेखि २८ असोजसम्म निजी गाडी आयातमा प्रतिबन्ध लगाएको छ ।
हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा पुगेका भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले यस्तो बताएका हुन । उनले देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोबाइल क्षेत्र भएको बताए ।
नेपालको कुल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब रुपैयाँ) भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट रहेको भन्दै थापाले यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरब योगदान रहेको दावी गरेका छन् ।
‘नेपालमा पैठारी हुने हजारौ वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गर्दछ ।
यही कुरालाई मनन् गर्दे आयातमा लागेको प्रतिबन्ध फुकाउने वातावरण निर्माण गर्न सबैमा आग्रह गर्न चाहन्छु’ नाडाका अध्यक्ष थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।