logo

बियर जात्रा सम्पन्न

    875   पटक पढिएको


१० असोज/अर्थ र व्यापार – मदिरा व्यवसायी संघ ललितपुरद्वारा आयोजित ‘बियर जात्रा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको बियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनीहरूबाट उत्पादन गरिएका ३० थरीभन्दा बढी ब्राण्डका बियरहरू राखिएका थिए ।
ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा आयोजना गरिएको वियर जात्रा कार्यक्रममा बियर कम्पनीहरूले विभिन्न प्रकारका छुटको व्यवस्था मिलाएकाले उल्लेख्य संख्यामा उपभोक्ताको सहभागिता भएको संघका सल्लाहकार मुकुन्द महर्जनले जानकारी दिए ।
वियर जात्रामा गीत सङ्गीतसहित विभिन्न खानाका परिकारका फुड स्टल पनि राखिएकाले सो जात्रा एउटा महोत्सवमा परिणत भएको संघका अध्यक्ष उपेन्द्र लाखेले बताए ।
यसैगरि, उनले हामी व्यवसायी मात्र नभएर उत्पादक र उपभोक्ता समेत यो कार्यक्रमबाट उत्साहित भएको बताए । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गरेको सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यों लगायत काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका मदिरा व्यवसायी र उपभोक्ताहरूको सहभागिता रहेको सो संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।