logo

सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

    1208   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – सामसङ इकोसिस्टमले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ तथा वाच ५ प्रो बजारमा ल्याएको छ । सामसङले दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ ।
सामसङको तार रहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रो ले गहन श्रवणको अनुभव प्रदान गरेर आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न सहयोग गर्नेछ । यसको बजार मूल्य २७ हजार ९ सय ९९ छ ।
बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँछ । यो एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिने सो कम्पनीले जनाएको छ । यसमा जडित ताररहित हाइफाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भिडमा बसेर पनि युटुबमा मन्त्रमुग्ध भएर आफ्नो प्रिय कन्सर्ट सुन्न सकिने सो कम्पनीले जनाएको छ ।
बड्स २ प्रोमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्द गर्ने (एएनसि),जसलाई पहिलेको तुलनामा अधिक सुधभार गरिएको छ । त्यसको साथमा सबै बाहिरी हल्लाहरुमाथि नियन्त्रणगरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न सघाउँछ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सकिने सो कम्पनीले जनाएको छ ।
यसको एयर भेन्ट्स र विन्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएको छ । यसले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाऊँ दिने सो कम्पनीको दाबी छ ।
यसैगरि, सामसङले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो बजारमा ल्याएको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले ग्राहकलाई राम्ररी बुझन् सक्ने बनाइएको सामसङले जनाएको छ । दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ ।
यसले विछ्यौनाबाट लडेमा वा ठेस लागेमा आकस्मिक कलको लागि सम्पर्कमा रहेकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको सो कम्पनीले जनाएको छ ।
यसैगरी, निदाएको स्कोरको ट्रयाक राख्ने, आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन् ।
ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्छ । यी सबै विशेषताहरु आफ्नै व्यक्तिगत तवरमा मोडल, आकार, आवरण रंग र स्ट्रयापमा १०३२ भिन्न भिन्न संयोजनहरु मध्येबाट छान्न सक्नेछन् । यी दुवैको मुल्य वाच ५ ९४‘एमएम’ ३९ हजार ९ सय ९९, वाच ५ ९४४ एमएम’ ४४ हजार ९ सय ९९, वाच ५ प्रोको मुल्य ६४ हजार ९ सय ९९ कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।