logo

युनिलिभर नेपालले कमायो १ अर्ब ४९ करोड नाफा

    1409   पटक पढिएको

२३ साउन/अर्थ र व्यापार – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २७.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १०९.०१ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६९३ रुपैयाँ २७ पैसा बढेर १ हजार ६२८ रुपैयाँ १ पैसा पुगेको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ हजार ९४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२७ गुणा रहेको छ।कम्पनीको व्यापार बढेसँगै कच्चापदार्थ लगायतको खपत पनि बढेको छ । गत आवमा कम्पनीले कच्चापदर्थामा ३ अर्ब ९७ करोड रुपैयाँ खचृ गरेको छ । अघिल्लो वर्ष यस्तै खर्च २ अर्ब ६९ करोड थियो । त्यस्तै कर्मचारी खर्च पनि ३८ करोड १३ लाखबाट बढेर ५१ करोड ८२ लाख पुगेको छ ।
कम्पनीले गत आवमा कुल ५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । सो कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ५३ करोड रुपैयाँ अवितरित मुनाफा छ । कम्पनीको प्रति सेयर नेटवर्थ पनि ३९४२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।