logo

युनिलिभर नेपालले कमायो १ अर्ब ४९ करोड नाफा

    1143   पटक पढिएको

२३ साउन/अर्थ र व्यापार – युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २७.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १०९.०१ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६९३ रुपैयाँ २७ पैसा बढेर १ हजार ६२८ रुपैयाँ १ पैसा पुगेको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ हजार ९४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२७ गुणा रहेको छ।कम्पनीको व्यापार बढेसँगै कच्चापदार्थ लगायतको खपत पनि बढेको छ । गत आवमा कम्पनीले कच्चापदर्थामा ३ अर्ब ९७ करोड रुपैयाँ खचृ गरेको छ । अघिल्लो वर्ष यस्तै खर्च २ अर्ब ६९ करोड थियो । त्यस्तै कर्मचारी खर्च पनि ३८ करोड १३ लाखबाट बढेर ५१ करोड ८२ लाख पुगेको छ ।
कम्पनीले गत आवमा कुल ५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । सो कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ५३ करोड रुपैयाँ अवितरित मुनाफा छ । कम्पनीको प्रति सेयर नेटवर्थ पनि ३९४२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।