logo

चन्द्रागिरि केबलकारमा रोकिए इमर्जेन्सी ड्राइभबाट उद्वार,ढिला भए रिसोर्टमा राखिने

    1010   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार– चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ । केही समयअघि केवलकारको गोण्डुला रोकिएपछि चन्द्रागिरि हिल्सले पत्रकार सम्मेलन आयोजना गर्दै प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यात्रुहरुलाई कुनै समस्या आएमा नआत्तिन आग्रह गरे ।
केबलकारमा विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनि अस्ट्रेलियाको डुपलमेयर नामक कम्पनीको मेसिन प्रयोगमा ल्याइएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको बताए । उनले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत उद्वार गरिने बताए ।
गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र लामो समय रोकिएर टप स्टेसनमा रहेकाहरुलाई गाडीमार्फत उद्वार गरिने जनाएको छ । यदि गाडीमार्फत पनि उद्वार गर्न नसकिए केवलकारमा रहेको रिसोर्टमा निःशुल्क रुपमा राख्ने अध्यक्ष ढकालले जानकारी दिए।
प्रालिका इन्जिनियर सरोज चापागाईंले तत्कालै उद्वारका लागि इमर्जेन्सी ड्राइभमार्फत ४०–४५ मिनेटमा उद्वार गरिसक्ने बताए । बिहान अप्रेसन टिमले हरेक दिन परीक्षण गर्ने गरेका छौ, इन्जिनियर चापागाईंले भनेधेरै समय रोकियो भने बैकल्पिक बाटोबाट उद्वार गर्ने छौं ।
चन्द्रागिरि हिल्सका संस्थापक सदस्य अम्विका पौडेल विश्वको नम्बर वान कम्पनिको मेसिन जडान गरिएकले आत्तिनु नपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।