logo

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

    1039   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढि हो ।
अघिल्लो आवमा यस लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५.३१ प्रतिशत र खुद ब्याज आम्दानी २६.३ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष ३१ करोड ३२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३९ करोड ७६ लाख नाफा गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो ।
यसैगरि, गत वर्ष अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि ३३ दशमलव ४५ प्रतिशत बढेर ४६ करोड ९ लाख पुगेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६३ करोड ४१ लाख कर्जा सापटी लिएको कम्पनीले ८ अर्ब २४ करोड २१ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले २ अर्ब ९६ करोड १२ लाख निक्षेप संकलन गरेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशत पुगेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।