logo

कर्मचारी संचय कोष र नागरिक लगानी कोषले बढायो ब्याज, बचतकर्तालाई फाइदा

    1625   पटक पढिएको

२८ असार/अर्थ र व्यापार – बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेको बेला कर्मचारी संचय कोष र नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । यि दुवै संस्थाले आफ्नो संचयकर्ता अर्थात् बचतकर्ताबाट जम्मा हुने रकममा ब्याज बढाएका हुन् । बढेको ब्याज आगामी १ साउनदेखि लागू हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाउनकै लागि संस्थागत निक्षेपको ब्याजदर बढाएसँगै नागरिक लगानीकोष र कर्मचारी संचय कोषले पनि आफ्ना बचतकर्तालाई दिने ब्याजदर केही बढाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोष संस्थागत निक्षेपकर्ता हुन् । अहिले यी र यस्तै निक्षेपकर्ताको निक्षेप तान्नका लागि बैंकहरुले लविङ गरिरहेका छन् । कर्मचारी संचय कोष र नागरिक लगानीकोषले बोलकबोलका आधारमा बैंकमा निक्षेप राख्ने व्यवस्था छ ।
अहिले बैंकहले संस्थागत निक्षेपकर्तालाई १०.१३ प्रतिशत ब्याज तोकेको भएपनि आन्तरिक रूपमा भने बढी नै ब्याजको मोलमोलाइ भइरहेको पनि सुनिन्छ । कर्मचारी संचय कोषले संचयकर्तालाई संचय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ । यसैगरि, संचयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याज तोकेको छ ।
धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने ब्यवस्था पनि सञ्चय कोषले गरेको छ । यस्तै, नागरिक लगानी कोष (सिआईटी)ले संचालन गरिरहेको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमको ब्याजदर पनि बढेको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रमको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएको हो ।
कोषले संचालन गरिरहेको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने कोषले जनाएको छ ।
सो अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा सो प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा यस्तो प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।
यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।