logo

आईएमई २२ औं वर्षमा ,२० खर्बभन्दा बढी रेमिट्यान्स भित्रायो

    858   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) को यात्रा ३० वर्षभन्दा बढी भइसकेको छ । आइतबारदेखि औपचारिक रुपमा २२ औं वर्षमा प्रवेश गरे पनि आईएमईको यात्रा अघि बढेको करिब ३० वर्ष पूरा भइसकेको छ ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक २२ औं वार्षिकोत्सव कार्यक्रमा ३० वर्षको मिहिनेत र २२ वर्षको यात्रामा लागेको बताए । क्षेत्रपाटीको एउटा कोठा जहाँ अफिस, किचन र बेडरुमसमेत एकैठाउँमा राखेर सुरु गरेको आईमएई यो अवस्थासम्म आइपुग्दा खुसी लागेको बताए । ‘यो हाम्रो परिवारको मात्र सफलता होइन’, अध्यक्ष ढकालले भने, ‘आम नेपाली र विशेषगरी विदेशमा रहेका नेपालीहरुको साथका कारण भएको हो । यसको श्रेय विदेशमा रहेका नेपालीहरुलाई नै जान्छ ।’
आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवं उपाध्यक्ष हेमराज ढकालले विगत तिन दशकको यात्राका क्रममा धेरै पाठहरु सिकेको र त्यसैलाई व्यवहारमा उतार्दै लगेको बताए । उनले रोजगारीका लागि जापानमा रहँदा नेपालमा पैसा पठाउन भएको समस्या समाधानका लागि औपचारिक उपायको खोजी गर्ने आईएमई जन्मिएको बताए ।
‘हामी आफैं रोजगारीका लागि भौतारिरहेका व्यक्तिले २२ वर्षको यात्रामा ४० हजारभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छौं भन्दा गौरवको महसुस गरेका छौं’ उपाध्यक्ष ढकालले भने ।
आईएमई सुरु गर्दा विभिन्न चुनौतीहरु र हुन्डी कारोबार गर्नेहरुले रोक्न खोज्दा खोज्दै पनि नेपाल राष्ट्र बैंकले विश्वास गरेर निजी क्षेत्रलाई पहिलोपटक विदेशबाट रकम ल्याउने अनुमति दिएकै कारण धेरै रेमिट्यान्स कम्पनीहरु खुलेको र रेमिट्यान्सलाई व्यवस्थित गर्न सकिएको उनको भनाइ थियो । उनले २२ वर्षको पार गरेको अवसरमा आईएमईले मात्र करिब २० खर्बभन्दा बढी रकम विदेशबाट नेपालमा ल्याएको बताए ।
सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स औपचारिक क्षेत्रबाट भित्राउने संस्कृति ल्याएकामा खुसी व्यक्त गर्दै अझै ३० देखि ४० प्रतिशत रकम हुन्डीबाटै आउने भन्दै चिन्ता व्यक्त गरे । सरकारले निर्वाह गर्नुपर्ने दायित्व आईएमईले लिएको बताउँदै उनले अब रेमिट्यान्सलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताए ।
हुन्डी कारोबार रोक्नका लागि सरकार पूर्णरुपमा प्रतिबद्ध भएर लागिरहेको बताउँदै उनले बैंकमार्फत विदेशबाट रकम पठाउन सक्ने व्यवस्था लागू अनिवार्य गर्न लागेको धारणा राखे । यसैगरि, उनले विदेशमा परिश्रम गरेर कमाएको रकमलाई उत्पादनसँग जोडेर दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउनका लागि सरकारले आवश्यक नीतिहरु ल्याइरहेको र त्यसका लागि नेतृत्वदायी भूमिका आईमएईले गर्नुपर्ने बताए ।
सरकारका मुख्यसचिव शंकरदास वैरागीले आईएमईले रेमिट्यान्स भित्र्याउनका लागि गरेको भूमिका अतुलनीय रहेको बताए । उनले विदेशमा गएर कमाएको रकम सहज र सरल तरिकाले आफ्नो परिवारलाई पठाउने माध्यमको रुपमा आईएमई बनेको भन्दै अब उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।
अर्थसचिव मधुकुमार मरासिनीले आईएमईकै कारण नेपालमा लिगल रुपमा रेमिट्यान्स ल्याउने बाटो खुला भएको बताए । हुन्डीमार्फत विदेशबाट रकम आइरहेका बेला आईएमईको प्रवेशपछि लिगल रुपमा रकम आएको जानकारी गराउँदै उनले रेमिट्यान्सकै कारण आर्थिक सूचकांकमा सुधार आएको बताए । उनले रेमिट्यान्सकै कारण गाउँघरका सर्वसाधारणहरुलाई स्मार्ट बनाएको बताए ।
गैरआवासीय नेपाल संघका अध्यक्ष कुल आचार्यले आईएमईकै कारण विदेशमा रहेका नेपालीहरुले सहजै रुपमा रकम पठाउन पाइरहेको बताए । उनले अब उनीहरुले पठाएको केही रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्नका लागि गैरआवासीय संघ आईमएईसँग सहकार्य गर्न तयार रहेको समेत बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले हुन्डीमार्फत आउने रकमलाई व्यवस्थित गर्नकै लागि आईमएई जन्मिएको बताउँदै उसको भूमिकाको प्रशंसा गरे । उनले विदेशबाट आउने रकमलाई मात्र होइन, विदेशबाट सीप सिकेर फर्किनेहरुसँग परिसंघले सहकार्य गरेर काम गर्नका लागि तयार रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो समय हुन्डीमार्फत कारोबारीहरु फेरि सक्रिय हुन लागेको भन्दै फर्मल च्यानलबाट रेमिट्यान्स पठाउनेहरुलाई सरकारले केही सहुलियतका प्याकेजहरु ल्याउन आवश्यक रहेको बताए ।
आइएमई ग्रुपका उपाध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सलाई उत्पादनमा जोड्नका लागि गाउँगाउँमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम केही समयभित्रै सार्वजनिक गर्ने तयारीमा लागेको बताए । रेमिट्यान्सलाई डिजिटलमैत्री बनाउन पनि काम भइरहेको बताउँदै उपाध्यक्ष पोखरेलले भने, ‘बैंकिङ च्यानलमार्फत आउने व्यवस्था पनि छिट्टै गर्दैछौं ।’ आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कोभिडका कारण दुई वर्षदेखि समस्यामा परेको रेमिट्यान्समा बिस्तारै सुधार हुँदै आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।