logo

आईएमई पेको नयाँ योजना ,हवाई टिकट काट्दा क्यासब्याक र ३ सय रूपैयाँसम्म छुट

    1064   पटक पढिएको

६ बैशाख/अर्थ र व्यापार – ‘आईएमई पे’ ले हवाई टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरूले एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त ३ सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो।
यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले, आईएमई पेले यात्रुलाई हवाई उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको जनाएको छ ।
यस नयाँ योजनाअनुसार हवाई उडान टिकटमा ५ सय ५ सम्मको छुटदेखि लिएर नेपालको कैयौं रमणीय गन्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने जस्ता योजनाहरु पनि ल्याइएको छ ।
सो योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफरमार्फत छुट पाउनेछन् भने फर्स्ट टाइम युजर्सहरुले आईएमई पे एपको पूर्व उल्लेखित क्यास ब्याकको साथै ३ सय रूपैयाँ अतिरिक्त छुट पाउनेछन् ।
अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यास ब्याकमा आईएमई पे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।