logo

डिसहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना

    1314   पटक पढिएको

२४ चैत/ अर्थ र व्यापार – डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकलाई लक्षित गरि सार्वजनिक गरिएको सो कम्पनीले जनाएको छ ।
यो योजनामा डिशहोमको डिलर दाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक साता लक्की ड्र मार्फत एकजना ग्राहकले एकलाख पनि जित्न सक्ने छन् ।
हरेक साता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ । १ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख रुपैयाँ जित्ने यो योजनाको फाईदा २१ चैत पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन ।
एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक भएको सो कम्पनीको दावी छ । यसैगरि, डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।