logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व

नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग

    1354   पटक पढिएको

६ चैत/अर्थ र व्यापार – ज्योति विकास बैंकले काठमाडौंको बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोष मार्फत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सह–प्रध्यानाध्यापक बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३ सय जना विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १ सय १४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।