logo

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

    995   पटक पढिएको

४ चैत/अर्थ र व्यापार – गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै कम्पनीको बुकक्लोजसँगै सेयरमूल्य समायाजन गरिएको हो ।
नेप्सेका अनुसार गरिमा विकास बैंक को १६ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ४८१.०३ रूपैयाँ सेयरमूल्य तोकेको हो , नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५५८ रूपैयाँका आधार मानेर बोनस समायोजन गरि मूल्य समायोजन गरेको हो ।
यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९९.०९ रूपैयाँ निर्धारण गरिएको छ । नेप्सेले इन्स्योरेन्सको गत बुधबार कायम अन्तिम कारोबार मूल्य ८७९ रूपैयाँका आधारमा बोनस समायोजन गरि मूल्य तोकेको हो ।
गरिमा विकास बैंक लिमिटेडले बुधबार तथा एनएलजी इन्स्योरेन्स कम्पनीले आइतबार साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गर्दैछ । सरकारले बिहीबार फागु पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएका कारण गत बुधबारको अन्तिम मूल्यका आधारमा दुबै कम्पनीका सेयरमूल्य समायोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।