logo

आईएमई जनरल इन्स्योरेन्सले थप्यो दुईवटा आकर्षक योजना

    1517   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार– आईएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुईवटा नयाँ आकर्षक सेवा सञ्चालनमा ल्याएको छ । सो कम्पनीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आईजीआई क्यासलेस क्लेम सेटलमेन्ट र आईजीआई इजी हेल्थपल्स नामक बिमालेख गरी दुईवटा आकर्षक नयाँ सेवा थप गरि सञ्चालनमा ल्याएको बताएको हो ।
सो कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल, बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल लगायत सो कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरू, स्पार्क अटोकेयर प्रालिका अध्यक्ष रोशन घिमिरे, सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
दुईवटा आकर्षक योजना मध्ये आइएमई जनरल इन्स्योरेन्सले निजी सवारीधनीको लागि आकर्षक योजना रहेको छ । इन्स्योरेन्स कम्पनीले सोमबारदेखि नै निजी सवारीधनीको लागि आइजिआई इजी क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको हो ।
यस योजना अन्तर्गत अब यो इन्स्योरेन्स कम्पनीबाट चारपाङ्ग्रे सवारीसाधनको बीमा गरेका सेवाग्राहीहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारीमा क्षति भएमा दुर्घटना स्थलबारे कम्पनीलाई जानकारी गराए सम्पूर्ण बाँकी काम सो कम्पनीले गर्ने छ ।
कम्पनीले सवारीसाधनको जानकारी पाएको २४ घण्टाभित्र सवारीलाई दुर्घटनास्थलबाट आफै लगेर मर्मत गरी पुनः सवारीधनीको घरमा नै पु¥याइदिनेछ । जसकालागि आइएमई जनरलले काठमाडौं गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयरसँग सहकार्य गरेको छ ।
स्पार्क अटोकेयरले दुर्घटना भएको सवारीको सम्पुर्ण मर्मत गरी सवारीधनीको घरमा नै पु¥याइदिनेछ । यसको अर्थ सवारी धनीले कम्पनीमा गएर कुनै पनि प्रकारको दाबी सेटलमेन्ट गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने छैन । कम्पनीले सवारी मर्मतमा लाग्ने सम्पूर्ण खर्च सिधै स्पार्क अटोकेयरलाई भुक्तानी गर्नेछ ।
यसैगरि, सो बिमा कम्पनीले सोमबारदेखि नै अर्को आकर्षक नयाँ योजना आइजिआई हेल्थपल्स बीमालेख पनि सुरु गरेको छ । आइजिआई हेल्थपल्स बीमालेखमा दुर्घटना, स्वास्थ्य तथा घातक रोगलाई एउटै छातामा समेटिएको जनाएको छ । यस बीमालेखा अन्तर्गत परिवारका सम्पुर्ण सदस्यहरुको एउटै बीमालेखा अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।
यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख देखि १५ लाख रुपैयाँको सीमा सम्मको सुविधाहरु प्रदान गरिने सो कम्पनीले जनाएको छ ।
यसैगरि, औषधीउपचार तर्फ यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख देखि ५ लाखसम्म नगद रहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिने सो कम्पनीले जनाएको छ ।
यसैगरि,घातक रोगतर्फ पनि यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पछि बीमित सदस्यलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम ५ लाख तुरुन्त भुक्तानी गर्ने सो कम्पनीले जनाएको छ ।
जसकालागि विभिन्न सर्तहरु राखिएको सो कम्पनीले जनाएको छ । सर्तहरुमा परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने । यसैगरि, ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्ने सो कम्पनीले जनाएको छ ।
बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र म्याटरनिटीको लागि ९ महिनाको वेटिङ्ग पिरियड लाग्ने छ । औषधोपचार बीमालेख अन्तरर्गत नै नेपाल र चिकित्सकको परामर्शमा भारतमा समेत उपचार गर्न सकिने छ ।
यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ । त्यसैगरि,यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।