logo

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो आकर्षक बिमा योजना

महिनाको १२ सय रुपैयाँमै एक करोडको बिमा हुने

    993   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज बिमा योजना ल्याएको छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने सो कम्पनीले जनाएको छ ।

बिमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बिमा योजनाले बिमालाई हेर्ने दृस्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने र बिमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने सो कम्पनीले जनाएको छ ।
१८ वर्षको उमेर समुहले १ करोड रुपैयाँको बिमांकमा वार्षिक १४ हजार ५५० रुपैयाँ वा मासिक १२ सय रुपैयाँमा बिमा गर्न सक्ने सो कम्पनीले जनाएको छ । यसैगरि, १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवतः नेपालको बिमा बजारमा सबै भन्दा न्यून बिमा प्रिमियम शुल्कमा यो जीवन बिमा प्रचलनमा ल्याईएको सो कम्पनीले जनाएको छ ।
सो कम्पनीका अनुसार ‘सूर्या सूरक्षाकवज’ योजना न्यूनतम एक लाख रुपैयाँ देखि आयस्रोतको आधारमा जतिपनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो आकर्षक बिमा योजनालाई अन्य योजनाहरूसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने सो कम्पनीले जनाएको छ ।
१ देखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बिमा शुल्क रकम बुझाउन सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।