logo

आइएमएस मोटर्सको फ्री स्याङयोङ्ग सर्भिस क्याम्प

ग्राहकलाई छुट, क्यासब्याक र उपहार

    1041   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार– नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ । आइएमएस मोटर्सले आफ्ना ग्राहकहरुलाई यस कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
जसअन्तर्गत कम्पनीले बम्पर उपहारमा शतप्रतिशत क्यास ब्याक (पूर्ण सर्भिस चार्ज फिर्ता) देखि निःशुल्क स्वास्थ्य परीक्षण, किफायती भागहरुमा ५० प्रतिशतसम्मको छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास सुविधा प्रधान गरिरहेको छ ।

यसैसाथ कम्पनीले ग्राहकहरुका लागि आकर्षक उपहारहरु अन्तर्गत गाडी सट्टापट्टाका साथै उत्कृष्ट÷तुरुन्त मुल्यांकनको व्यवस्था समेत गरेको जनाएको छ । तर यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि कम्पनीले देशभरबाट विभिन्न चार आधिकारिक सेवा केन्द्रहरुबाट सञ्चालन गरिरहेको छ ।
काठमाडौंको खुसिबु नयाँ बजारस्थित मोटो इन्जिनियरिङ्ग प्रालि र रविभवनस्थित परिदी मोटर्स प्रालि, बुटवल बेलवासस्थित भैरव अटो भिलेज प्रालि र भैरहवा मायादेवीस्थित एए अटोमोबाइलस् प्रालिमा फ्री स्याङयोङ्ग सर्भिस क्याम्प चलिरहेको कम्पनीले जनाएको छ । यस योजना २०७८ फागुन ३ गतेदेखि शुरु भएर १७ गतेसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।