logo

क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन

    1711   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब पु¥याउने प्रस्ताव पारित गरेको छ ।
सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि पुँजी ५६ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न बढाइएको पूँजी प्रयोग गर्नेछ ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले बृद्धी भएको जनाएको छ । 
त्यसैगरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढि हो । बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । 
विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ सञ्चालक चयन भएका हुन् । सञ्चालक समितिमा ६ जना पुगेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।