logo

टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर बने पाँच वर्षका निकोलस

    1224   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– टेष्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डरमा निकोलस आचार्य बनेका छन् । ५ वर्षीय निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरण आचार्यले जानकारी दिए ।
टेस्लाको ब्राण्ड एम्बास्डरमा नियुक्त भएसँगै आचार्यले टेस्लाको ब्राण्ड प्रवद्र्धनको काम सुरु गरिसकेका छन् । ‘पाँच वर्षीय निकोलसलाई टेस्लाको ब्राण्ड एम्बास्डर बनाएर काम गर्न पाउदा निकै खुसी लागेको बताउँदै सिईओ आचार्यले भने,‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवद्र्धनमा सहयोग गर्न सुरु गरिसकेका छन् ।’
टेस्ला नेपाली ब्राण्ड हो । विगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्ड लोकप्रिय बनेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री रहेको सिईओ आचार्यले जानकारी दिए ।
यसैगरि, उनले डिलर नेटवर्क मार्फत देशभरको बजारमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर बिक्री भइरहेको बताए । न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि भएको दावी गर्दै आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ ।’ 
सिईओ आचार्यले नेपाली ब्राण्डप्रति ग्राहकको आकर्षण देखिनु सकारात्मक पक्ष रहेको र आफूहरु उत्साही भएको बताए । यो सामान सामान्य वर्गका उपभोक्तादेखि उच्च घरानीय सबैलैलाई उपयोगी हुने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।