logo

वायुसेवा निगम र प्राधिकरणबीच कार्गो सामान ढुवानी सहयोग सम्झौता

    1482   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र नेपाली विद्युत प्राधिकरणबीच कार्गो सामान ढुवानीमा सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार वायुसेवा निगम र प्राधिकरणबीच प्राधिकरणको कार्गो (मालसामान) निगमको विमान मार्फत् ढुवानी गर्ने सम्झौता भएको हो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव महेश्वर न्यौपानेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । 
सम्झौता अनुसार अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् ।  कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्र र परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र यस्तो छुट सुविधा पाउने छन् । 
सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै विमान प्रयोग गर्ने उल्लेख छ  । प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउने छ ।
सो कार्यक्रममा पर्यटन मन्त्री आलेले हाल घाटामा सञ्चालित निगमलाई प्राधिकरणले गरेको यस्तो किसिमको सहयोग प्रति आधार व्यक्त गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई माथि उकास्न गरेको विविध राम्रा कामको मन्त्री आलेले खुलेर प्रशंसा गरे । 
आफूले सासंद् हुँदा वन तस्करी रोक्न आवाज उठाएको आलेले बताए । यसैगरि, मन्त्री आलेले आफ्नो कारण नै वन जोगाउने काम भएको र कोप सम्मेलनमा प्रधानमन्त्री जाँदा नेपाललाई कार्वन सञ्चिती गर्नका लागि रोयल्टी प्राप्त भएको दावी गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले यसअघि पनि निगमकै विमान प्रयोग गर्दै आएकोमा यससम्बन्धी सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । 
उनले अब प्राधिकरणको कामका कर्मचारीहरुले पनि निगमकै विमान प्रयोग गर्ने बताए । उनले अब यो सम्झौतालाई तत्कालै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । सो कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमले अब सेवा र गुणस्तरमा सुधार गर्नुपर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।