logo

गुण एयरलाइन्सले आजबाट काठमाडौं–सुर्खेत उडान थाल्ने

    1264   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबार (आज ) बाट काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित हवाई उडान गर्ने भएको छ ।
हाल यो काठमाडौंबाट सो कम्पनीले तोकेको ९ औं गन्तव्य उडान हो । काठमाडौंबाट गुण एयरलाइन्सले अहिले भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा उडान भरिरहेको छ । यस कम्पनीसँग अहिले ७ वटा विमान छन् । 
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले हवाई यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा प्रदान गर्दै यस कम्पनीले गन्तव्य विस्तारलाई प्राथमिकता दिएको बताए। आन्तरिक हवाई बजारमा प्रतिस्पर्धामा आफूहरु पनि गइरहेको र त्यसै अनुरुपको उच्च स्तरको सेवा दिँदै उडान भरिरहेको जानकारि गराउँदै उनले उडानको सुरूवात देखिनै गन्तव्य हरुमा यात्रु हरुबाट राम्रो साथ पाएको र यसवाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।