logo

सिटिजन लाइफ इन्स्योरेन्स बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी 

    1140   पटक पढिएको

१४ पुस/ अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्स डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी बनेको छ । आफ्ना ग्रहाहकलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन डिजिटल अभियान अन्तर्गत यस्तो डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ ।
अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि, अहिले यस कम्पनी अभौतिक बीमालेख सञ्चालन गर्ने पहिलो कम्पनी हो ।

यस सेवाले कम्पनीको दक्षता बढाउनुकासाथै, समयको बचत गराउने, कम्पनी र ग्राहक दुबैकालागी सजिलो वातावरण को सृजना गने सो कम्पनीको दावी छ । सटिजन लाइफ इन्स्योरेन्सको ‘ डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ वर्षदेखि सञ्चालनमा रहेको सो कम्पनीले जनाएको छ ।  

यसैगरि,अनलाईनबाट सजिलै दावी पक्रिया पनि अघि बढाउन सकिने , कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको सो कम्पनीले जनाएको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरिय बनाउदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए । 
यसैगरि, यस कम्पनीले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाकालागि इसेवा । फनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुकासाथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।