logo

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

    987   पटक पढिएको


४ पुस/अर्थ र व्यापार– नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् ।
लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।
काठमाडौंको सोल्टी होटलमा शुक्रवार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीइआइ) लाई सधै प्रोत्साहन गर्ने कम्पनीको नीति अनुरुप आइसिटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगद सहित पुरस्कार प्रदान गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्तरुपमा प्रदान गरेका थिए ।
प्रधानले नेपालको आइसिटी क्षेत्रमा ३५ वर्ष देखि अनवरतरुपमा योगदान पुर्याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपुर्ण स्थान र पदमा रहि काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छिन् । प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गरेकी थिइन् ।
प्रधानले सरकारी सेवाबाट अलग भएपनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छिन् । केहि वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रहि यस क्षेत्रमा महिला शशत्तिकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहनु भएको प्रधानले यस वर्षको वुमन आइकन आइसिटी अवार्ड प्राप्त गरेकी हुन् ।
वुमन आइकन आइसिटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपहरुले अवार्ड प्राप्त गरेका छन् । यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेल लगायत ३० बढि सस्थाहरुको सहकार्य रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।