logo

मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन निर्वाचित

    1520   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनीट्रान्सफरका चन्द्र टण्डन निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न १६ औं वार्षिक साधरसभाले संघको अध्यक्षमा टण्डनलाई निर्वाचित गरेको हो । यसैगरि, रितेश मित्तल(नेपाल रेमिट ईन्टरनेशनल)महासचिवमा, सञ्जय सिग्देल (सूर्या रेमिट ) कोषाध्यक्षमा, ईन्द्र प्रसाद शर्मा (आईपे रेमिट) सचिवमा र दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स) सह कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी, सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट) र सञ्जिव पाठक एटिटि रेमिट) चयन भएका छन् । यसैगरि, संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर) मनोनित भएका छन् । सभामा संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे पुर्व अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । सो साधारण सभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका पुर्व महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिटेन्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।