logo

गोर्खा ब्रुअरीले ल्यायो नेपालमै पहिलो विन्टर वार्मर बियर

    1180   पटक पढिएको

२३ मंसिर/'अर्थ र व्यापार– गोर्खा बु्रअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ ।
उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको सो कम्पनीद्धारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । 
हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर वार्मर बियर सहजै पिउन सकिने र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । 
पाँच प्रतिशत अल्कोहलयुक्त फायरमूनको ३३० मिलिलिटर बोतलको मूल्य १८० रुपैयाँ तोकिएको छ । सो बियर पुल–अफ क्याम्पको साथ आउने हुनाले उपभोक्ताले सजिलै बोतल खोल्नसक्ने पनि कम्पनीको दाबी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।