logo

चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच भयो छात्रवृत्ति दिने समझदारी 

    1069   पटक पढिएको

२२ मंसिर /अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति  दिने भएका छन् । 
प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत  र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर  भएको हो । 
सो समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका हुन । चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपियाँ  सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष  जलानले बताए ।  
चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित बर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ । सुचना प्रविधिको विकाससंगै अवको दिनमा इ बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । 
खल्ती वालेटसंगको सहकार्यमा पढाई पूरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलव्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
खल्तीका प्रमुख कार्यकारी अधिकृत सिईओ विनय खड्काले इ बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए । समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दीपककाजी तुलाधरको पनि सहभागिता थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।