logo

एनसेल र राकुटेन भाइबरबीच साझेदारी

ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा

    979   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार– एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछ ।
यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रीपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ्, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । भाइबरले प्रयोगकर्ताको डाटा गोपनियता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ ।
त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि विषेश गरि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ ।
डिजिटल जीवनशैली सक्षम पार्ने निरन्तर यात्राको एक प्रयासका रूपमा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्यको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेको र यस साझेदारीबाट उत्साहित र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा रहेको एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले बताएका छन् । 
एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्नेछ ।
राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेलेले उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजीङ् प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्य बीच ठूलो तालमेल रहेको बताएका छन् । यस  साझेदारीले नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत हुने पनि चेलेले विश्वास लिएका छन् । 
ग्राहकहरूले एनसेल एप, आफुलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरि यो सुबिधा लिन सक्छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।